२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुबाको हत्या आरोपमा छोरा र ज्वाइँसहित तीन पक्राउ

अ+ अ-

काठमाडौँ । धनुषा मुख्यापट्टी मुसरनिया गाउँपालिका २ का ४० वर्षीय धनुखधारी दासलाई हत्या गर्न उनका २१ वर्षीय छोरा प्रदीप दासले पाँच लाखको सुपारी दिएको खुलेको छ । बुधबार धनुषा प्रहरीले उनको हत्यामा संलग्न तीनजनालाई सार्वजनिक गरेसँगै सुपारी दिएको खुलेको छ ।

हत्यामा उनको छोरा प्रदीप, ज्वाइँ महोत्तरी पिपरा गाउँपालिका ५ सहोडवाका ३४ वर्षीय उदय दास र सुटर नगराइन नगरपालिका २ का रञ्जित कुमार यादवलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

यही पुस ९ गते उनको हत्या भएको थियो । दास हत्याको मुख्य योजनाकार उनको छोरा प्रदीप रहेको प्रहरी अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उनका अनुसार सुटर रञ्जितले सेवाग्राही बनेर उनको हत्या गरेका थिए । पारिवारिक कलहका कारण प्रदीपले आफ्ना भिनाजु उदय दाससँग मिलेर योजना बनाएका थिए । उदय प्रहरी हवल्दार हुन् । उनी मधेस प्रदेश प्रहरी कार्यालयमा जनकपुरधाममा कार्यरत थिए । 

सुटर रञ्जितलाई मृतक दासका छोरा प्रदीप र ज्वाइँ उदयले घटनाको एक महिनापूर्व एक लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ । सुटर रञ्जितले दुई लाख १० हजार उदयमार्फत बुझेका छन् । बाँकी पैसा पछि दिने उनीहरुबीच सहमति भएको थियो ।

पक्राउ परेकाहरूसँग प्रहरीले कटुवा पेस्तोल एक थान, गोली दुई राउन्ड, अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन दुई थान र आठ राउन्ड गोली बरामद गरेको छ । घटनामा मृतक दासको छोरा चढ्ने मोटरसाइकल प्रयोग भएको बताइएको छ । तर, मोटरसाइकल फेला परेको छैन । 

मृतक दास मोटर (पम्प) मर्मत गर्ने मिस्त्री थिए । केही दिनदेखि उनले घरमै ग्यास बिक्री गर्ने पसल पनि सुरु गरेका थिए । दासले दुईवटा विवाह गरेका थिए । जेठी श्रीमतीबाट उनको १८ र २० वर्षका दुई छोरा छन् । मृतक दास कान्छी श्रीमतीसँग बस्दै आएका थिए । कान्छी श्रीमतीसँग पनि एउटा छोरी छ ।

जेठी श्रीमतीसँग केही दिनदेखि उनको विवाद हुँदै आएको थियो । अर्को विवाह गरेपछि सम्पत्ति बाँड्नु पर्ने कारणले पनि उनको हत्या गरिएको प्रहरीको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस