रोजनाथ पाण्डे सचिवमा बढुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रोजनाथ पाण्डे सचिवमा बढुवा


२० पुस २०७९, बुधबार


काठमाडौँ । संघीय संसद सचिवालयका सहसचिव डा.रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् ।

संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो । रिक्त पद पूर्तिका लागि बसेको संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रवक्ताको भूमिकामा रहेका डा. पाण्डेलाई सचिवमा बढुवा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस