सुदूरपश्चिममा काँग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिममा काँग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत


२० पुस २०७९, बुधबार


धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

दलको नेतामा आकाङ्क्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएका हुन् ।

काँग्रेस संसदीय दलको नेतामा बहादुर सिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकाङ्क्षा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस