पोखरा गोल्डकप : सेमिफाइनलमा आज एपीएफ र संकटा भिड्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पोखरा गोल्डकप : सेमिफाइनलमा आज एपीएफ र संकटा भिड्ने


२० पुस २०७९, बुधबार


पर्वत । पोखरा गोल्डकपमा बुधबार विभागीय एपीएफ क्लब र संकटा क्लबबीच खेल हुँदैछ।

गोल्डकपको २२ औँ संस्करण अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा दिउँसो २ बजे यी दुईबीच खेल हुन लागेको हो।

‘डिफेन्डिङ च्याम्पियन’ एपीएफलले धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। २०६४ सालमा उपविजेता बनेको एपीएफ २०७८ सालमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै विजेता बनेको थियो।

सेमिफाइनलको दोस्रो खेल बिहीबार चर्च ब्वाइज युनाइटेड फुटबल क्लब र विदेशी पाहुना टोली भुटनिज यूथ स्पोर्टस क्लब, मिन्नेसोटा अमेरिकाबीच हुनेछ।

बुधबार र बिहीबारको खेलको विजेताको प्रतिस्पर्धा शनिबार उपाधिका लागि हुनेछ। उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस