छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने भएको छ । अनिवार्य अवकाश पाउने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने भएको हो ।

६० वर्ष उमेर पुगी अनिवार्य अवकाश पाउने स्वयंसेविकालाई मासिक १ हजार रुपैयाँ र ५ वर्ष सेवा गरी कारणवश अवकाश लिनेलाई योगदानको सम्मान स्वरूप एकमुष्ट १० हजार रुपैयाँ गाउँपालिकाले दिने भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाले वडा नं. ६ दौघामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सनको घोषणा गरेका हुन् ।

गाउँपालिकाका सबै वडाका स्वयंसेविका, जनप्रतिनिधिलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको कामको प्रभावकारिता र आगामी दिनमा गरिने क्रियाकलापको बारेमा छलफल गरिएको वडा अध्यक्ष नारायण रेस्मीले जानकारी दिए । कार्यक्रम गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षतामा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस