६ मुद्दाविरुद्ध अख्तियारद्वारा पुनरावेदन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

६ मुद्दाविरुद्ध अख्तियारद्वारा पुनरावेदन


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै ६ मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका घुस/रिसवत, गैरकानूनी लाभ तथा हानी र सार्वजनिक सम्पत्ति हानि-नोक्सानी सम्बन्धी जम्मा ६ मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

सन्तमाया श्रेष्ठ, धनेश्वर प्रसाईँ, सुरेश प्रसाद नेपाल, सुदर्शन न्यौपाने, नरबहादुर बोहरा, नरेन्द्र बहादुर भाट, मीन बहादुर सोहरा, मुरी देवी सोहरा, तेज बहादुर सोहरा, भीमप्रसाद आचार्य, रघुनाथ रेग्मी र हरिशङ्कर शर्मा, भीम प्रसाद आचार्य, हरीशंकर शर्मा, मनीष कुमार महतो, राधिका देवी शर्मा र भरत प्रसाद उपाध्यायलगायत प्रतिवादी रहेका मुद्दामा विशेष अदालतले गरेको फैसलाउपर चित्त बुझ्दो नभएको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस