नेपाल टी-२० लिगमा लुम्बिनीको लगातार सातौँ जित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल टी-२० लिगमा लुम्बिनीको लगातार सातौँ जित


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । जनकपुर रोयल्सलाई ५ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले प्रतियोगितामा सातौँ जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीविरुद्ध जितका लागि १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले अन्तिम बलमा ६ रन बनाउनु पर्ने थियो ।

तर किशोर महतोले अन्तिम बल योर्कर फाल्दै चादविक वाल्टनलाई कुनै रन बनाउन दिएनन् । र खेल लुम्बिनीले ५ विकेटले जित्यो । वाल्टन ५९ रनमा नट आउट रहे । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

ओपनरद्वय त्रिवोन ग्रिफित र सराफुदिन असरफका साथै सन्दीप जोरा समान २६ रन बनाउँदै आउट भए । सिमुल्लाह सिलवारी १८ रनमा रन आउट भए । लुम्बिनीको लागि ह्यारी टेक्टर र विपुल शर्माले समान २(२ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रनको योगफल तयार पारेको हो । लुम्बिनीका ओपनर हर्मीतसिंहले सर्वाधिक ७३ रनको इनिङ खेले । उनले ४७ बलमा ५ चौका र ६ छक्का प्रहार गरेर आउट भएका थिए ।

लाहिरु मिलान्था ३२ बलमा समान दुई चौका र दुई छक्कासहित ३३ रन बनाएर पभेलियन फर्किएका थिए ।

कुशल भुर्तेल १७ रनमा आउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ह्यारी टेक्टर १८ रनमा अविजित रहे ।

जनकपुरको बलिङमा शराफुदिन असरफ ले तीन ओभरमा ३५ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । सामिउल्लाह सिनवारी, ललित नारायण राजवंशी र जितेन्द्र मुखियाले समान एक विकेट लिए ।

लुम्बिनी ८ खेलमा ७ जितसहित १४ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै जनकपुर ८ खेलमा ५ जित र ३ हार सहित १० अङ्क सहित दोस्रो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस