नेकपा एसको पोलिटब्यूरो बैठकमा प्रचण्ड हाबी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेकपा एसको पोलिटब्यूरो बैठकमा प्रचण्ड हाबी


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे निर्णय लिने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ।

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले सरकारलाई समर्थनको विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

स्रोतका अनुसार समाजवादीको पोलिटब्यूरो बैठकमा प्रधानमन्त्री प्रचण्ड ‘हाबी’ भएपछि एकीकृत समाजवादीले मध्यममार्गी निर्णय लिएको हो।

सोमबार पोलिटब्यूरो बैठकको सुरुवात गर्दै अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा सरकारलाई समर्थन गर्न नसकिने ब्रिफिङ गरेका थिए। नेपालको उक्त धारणा सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुका अध्यक्ष नेपाललाई सरकारको विपक्षमा जानेखालको निर्णय नलिइदिन आग्रह गरेका थिए।

प्रचण्डको उक्त आग्रहपछि दुई दिनसम्म चलेको पोलिटब्यूरो बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय लिने जिम्मा सचिवालयलाई दिएको हो।

यस अघि शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठक सरकारलाई समर्थनको विषयमा निष्कर्षमा नपुगेपछि पोलिटब्यूरो बैठक बसेको थियो। यससँगै एकीकृत समाजवादीको दुई दिनदेखि जारी पोलिटब्यूरो बैठक पनि सकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस