नेताहरूको बदख्वाइँ तत्काल रोक्नुस् : माधव नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेताहरूको बदख्वाइँ तत्काल रोक्नुस् : माधव नेपाल


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नेताको बदख्वाइँ गर्ने क्रम तत्काल रोक्न निर्देशन दिएका छन् ।

मङ्गलवार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूलाई लागेको पार्टी कमिटीमा राख्न निर्देशन दिँदै नेताहरूले आफूखुसी मिडियामा प्रचार गर्न थालेको भन्दै असन्तुष्टि जनाए ।

‘अनुशासन तोड्ने अनि आफ्नै स्वर ठुलो हुने ? पार्टीको विरोध बाहिर गर्ने अनि आफ्नै स्वर ठुलो हुने । आफ्नो नेताहरूको बदख्वाइँ गरेर अरू नेताको प्रशंसा गर्ने अनि आफ्नै स्वर ठुलो हुने ?’

अध्यक्ष नेपालको प्रश्न छ । उनले यस्तो तौरतरिका तत्काल बन्द गर्न निर्देशन समेत दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस