बुस्टर डोजको तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बुस्टर डोजको तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमण पुन: बढ्न लागेको भन्दै बुस्टर डोज खोप तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।

मङ्गलवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको कुरा सुनेपछि उनले स्वास्थ्य मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘हाल कोभिड १९ को संक्रमण पुनः क्रमश बढ्न लागेको प्रकाशमा आएको छ। जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्द्धनात्मक कार्यहरू गर्ने । बुस्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला ।’

Tags :
प्रतिक्रिया दिनुहोस