नेचासल्यान गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेचासल्यान गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग


१९ पुस २०७९, मंगलबार


सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको स्वास्थ्य संस्थालाई १६ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

फाउन्डेसन फर इन्टरनेश्नल डेभलपमेन्ट पब्लिक रिलिफ जापनिज संस्थाले पालिकाभित्रका छ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

गाउँपालिकाका वडा नं १, ४ र ५ मा सञ्चालित स्वास्थ्य चौकीलाई दुई/दुई लाख, वडा नं ३ का दुई स्वास्थ्य चौकीलाई दुई/दुई लाख र वडा नं २ को प्राथमिक स्वास्थ्य केन्द्र दोदीलाई पाँच लाख बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको प्रोजेक्ट म्यानेजर गुणवीर नेवारले बताए ।

उनका अनुसार रेफ्रिजेरेटर, हाइस्केल, डिजिटल थर्मोमिटर, माइक्रो स्कोप, बेबी वार्मर, वासिङ मेसिन, बिपी सेट, डेन्टल सेट र ग्लब्सलगायतका सामग्री प्रदान गरिएको छ ।

कार्यक्रममा नेचा, सल्यान गाउँपालिका उपाध्यक्ष बिना राईले स्वास्थ्य संस्थालाई आवश्यक सामग्री प्राप्त भएको भन्दै सहयोगी संस्थालाई धन्यवाद दिए ।

वडा नं १, २ र ३ का स्वास्थ्य संस्थालाई सोमबार सामग्री हस्तान्तरण गरिएको छ भने वडा नं ४ र ५ का स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस