एकान्तकुनास्थित यातायात कार्यालयमा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एकान्तकुनास्थित यातायात कार्यालयमा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमन


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् ।

मन्त्री श्रेष्ठ मङ्गलवार बिहान यातायात कार्यालयको आकस्मिक अनुगमनमा पुगेको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।

कार्यालयको कामकारबाहीको विषयलाई लिएर सेवाग्राहीबाट गुनासो आएपछि मन्त्री श्रेष्ठ आकस्मिक अनुगमन गर्न पुगेका हुन्। उनले कार्यालयका प्रमुख राजकुमार कपालीसँग कार्यालयको कामकारबाहीबारे जानकारी लिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस