नेपाल टी-२० लिग सुचारु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल टी-२० लिग सुचारु


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाल टी-२० लिगको पहिलो खेलको टस १०:३० बजेबाट सुरु हुने भएको छ। मंगलबार हुने काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेलअघि खेलाडीहरू टस गर्नै नमानेपछि प्रतियोगिता नै अनिश्चित बनेको थियो।

त्रिवि क्रिकेट मैदानमा जारी लिगमा दिनमा दुई खेल हुने गरेका छन्। पहिलो खेलको टस ८:३० बजे हुनुपर्नेमा खेलाडीहरुले टस गर्न मानेका थिएनन्। केहि समय खेल हुने नहुने अन्योल भएपनि ९ ओभरमा छोट्याएर खेल सञ्चालन गर्न लागिएको अम्पायर सञ्जय गुरुङले जानकारी दिए।

काठमाडौँले टस जितेर ब्याटिङ रोजेको छ।

पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरुले पारिश्रमिकको प्रतिवद्धता जनाएपछि खेलाडी खेल्न तयार भएका छन् ।


 

Tags :
प्रतिक्रिया दिनुहोस