नेकपा एसको पोलिटब्युरो बैठक आज पनि बस्दै « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेकपा एसको पोलिटब्युरो बैठक आज पनि बस्दै


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक आज पुनः बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बस्ने समय तय भएको छ । हिजोबाट सुरु भएको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने छ ।

बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

शनिवार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस