लोभ्रेन लियोनमा अनुबन्धित « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

लोभ्रेन लियोनमा अनुबन्धित


१९ पुस २०७९, मंगलबार


काठमाडौँ । क्रोएसियाका डिफेन्डर डेजन लोभ्रेन फ्रेन्च क्लब लियोनमा अनुबन्धित भएका छन् ।

लियोनले सोमबार डिफेन्डर डेजनलाई अनुबन्धित गरिएको जनाएको छ । ३३ वर्षीय डिफेन्डरले लियोनसँग २०२५ सम्मको सम्झौता गरेका छन् ।

लियोनले रसियन क्लब एफसी जेनिटबाट डेजनलाई अनुबन्ध गरेको हो । लिभरपुल र साउथह्याम्पटनका पूर्व डिफेन्डर ९ वर्षपछि लियोन फर्किएका हुन् ।

यस अघि उनले २०१० देखि २०१३ सम्म लियोनबाट खेलेका थिए । त्यस समय उनले लियोनका लागि ७२ खेल खेलेका थिए । क्रोएसियाका लागि उनले ७८ खेलमा ५ गोल गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस