पाँच नागरिक मारिएपछि काश्मीर तनावग्रस्त  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

पाँच नागरिक मारिएपछि काश्मीर तनावग्रस्त 


१८ पुस २०७९, सोमबार


काठमाडौँ । भारत अधिनस्थ काश्मीरी क्षेत्रका विभिन्न भागमा २४ घण्टाभन्दा कम समयमा भएका दुईवटा फरक फरक आक्रमणका घटनामा पाँचजना नागरिक मारिएपछि घटनास्थल क्षेत्रमा तनाव चर्किएको छ ।

आइतबार साँझ राजौरी जिल्लामा लडाकुहरूले तीनवटा घरमा अन्धाधुन्ध गोली चलाउँदा चारजना मानिसको ज्यान जानुका साथै अन्य नौजना घाइते भएका थिए । 

त्यसैगरी सोमबार ती घरहरू नजिकै एउटा विस्फोट हुँदा एकजना बालकको मृत्यु हुनुका साथै अन्य चार व्यक्ति घाइते भएका छन् । विस्फोटनको कारण थाहा हुन सकेको छैन ।

वरिष्ठ प्रहरी अधिकारीहरूले घटना सबन्धमा आवश्यक अनुसन्धान सुरु गरिसकेका बीबीसीले लेखेको छ । 

आइतबारको घटनालाई लिएर स्थानीयले राजौरीमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले उक्त घटनाका लागि स्थानीय प्रशासनको सुरक्षा कमजोरीलाई दोष दिएका छन् ।

स्थानीय प्रशासन प्रमुख मनोज सिन्हाले यस कायरतापूर्ण आतङ्ककारी आक्रमणको निन्दा गर्दै पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइने बताएका छन् ।

आइतबार मारिने चारजना मुस्लिम बाहुल्य काश्मीरको अल्पमत हिन्दु समुदायका भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस