खराब मौसमका कारण उडान प्रभावित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खराब मौसमका कारण उडान प्रभावित


१८ पुस २०७९, सोमबार


काठमाडौँ । प्रतिकूल मौसमका कारण हरेक दिन हवाई उडान प्रभावित भएको छ ।

सोमबार निर्धारित सिमरा र जनकपुरका सबै उडान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सोमबार भैरहवामा १२ बजे भन्दा अगाडिका उडानहरू रद्द गरिएका थिए ।

पोखरामा नयाँ विमानस्थलबाट उडान सञ्चालन भएपनि प्रतिकूल मौसमका कारण उडानहरू डिले भएका छन् ।

सोमबार बिहान १२ बजेपछि मात्र विमानस्थलमा भिजिबिलिटी खुलेको थियो । जसले गर्दा पोखरामा बिहान ५ घण्टा भन्दा बढी समय उडानहरू डिले भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस