स्नातक तह प्रवेश परीक्षाको आवेदन खुला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्नातक तह प्रवेश परीक्षाको आवेदन खुला


१८ पुस २०७९, सोमबार


काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तह (युजी) को शैक्षिक कार्यक्रमहरूमा एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन २४ पुसमा खोल्ने भएको छ ।

आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फयुजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्री, बीपीटी, बीपीएचको लागि अनलाइन आवेदन खुला गरेको हो ।

आवेदन फारम पुस २४ गते बिहान १० बजेदेखि २०७९ माघ २४ गते अपराह्न पाँच बजेसम्म भर्न पाइनेछ । आयोगले नेपाली आवेदकको लागि चार हजार र विदेशी आवेदकको लागि ८ हजार रुपैयाँ शुल्क तोकेको छ ।

आयोगका अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन भर्न सक्नेछन् ।

परीक्षा फागुन २४ गतेदेखि आयोगले यी शैक्षिक कार्यक्रमहरूको प्रवेश परीक्षा फागुन २४ गतेदेखि फागुन २८ गतेसम्म सञ्चालन गर्ने भएको छ ।

आयोगको अनुसार एमबिबिएसको परीक्षा फागुन २४ गते र बीडीएसको परीक्षा २५ गते हुनेछ ।

बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फयुजन टेक्नोलोजीको परीक्षा २६ गते, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्री, बीपीटी शैक्षिक कार्यक्रमको २७ गते र बीपीएचको परीक्षा फागुन २८ गते सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस