महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा, राखियो यस्तो सर्त  « प्रशासन
Logo ६ आश्विन २०८०, शनिबार
   

महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा, राखियो यस्तो सर्त 


१८ पुस २०७९, सोमबार


काठमाडौँ । पर्वतको कुश्मा नगरपालिकाले निजामती क्षेत्रमा प्रवेश गर्न चाहने सीमित क्षेत्रका महिलाका लागि लोक सेवा आयोगको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ।

आर्थिक र सामाजिक रूपमा विपन्न महिलाहरूका लागि आव ०७९-८० को स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागिएको कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए।

राजपत्र अनङ्कित द्वितीय श्रेणी खरिदार (सहायक स्तर चौथो तह) अप्राविधिक पदको कक्षा सञ्चालन गर्न लागिएकोले न्यूनतम योग्यता पुगेका इच्छुक महिलाहरूलाई निःशुल्क कक्षामा सहभागी हुने फाराम भर्न आह्वान गरिएको उनको भनाइ छ।

निःशुल्क कक्षामा सहभागी हुन एसएलसी-एसइई वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने, १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने र कुश्मा नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने सर्त राखिएको छ। तालिममा सहभागी हुन इच्छुक महिलाले पुस २४ गतेभित्र सम्बन्धित वडा कार्यालयमा दरखास्त दिनुपर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस