बागमती प्रदेशको पहिलो बैठकमा पाँचवटा अध्यादेश टेबल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमती प्रदेशको पहिलो बैठकमा पाँचवटा अध्यादेश टेबल


१८ पुस २०७९, सोमबार


काठमाडौँ । बागमती प्रदेशको पहिलो बैठकमा पाँचवटा अध्यादेश टेबल भएको छ । प्रदेशसभाको पहिलो बैठक प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । 

संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश टेबल गरेका थिए । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईँले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ पेस गरेका थिए । यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ टेबल गरेका थिए ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गरेको बनेको अध्यादेश, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ टेबल गरेका छन् ।

बैठकमा प्रदेशसभा नियमावली पहिलो संशोधन २०७४ को नियम ११ उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न प्रदेशसभाको सदस्यहरू उर्मिला नेपाल , भारती पाठक, ठाकुर प्रसाद ढकाल , लक्ष्मी घिमिरे, राजेन्द्रमान श्रेष्ठलाई मनोनीत गरेको छ।

दोस्रो बैठक पुस २९ गते शुक्रवार बिहान ११ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस