लुम्बिनी प्रदेश : माओवादी संसदीय दलको नेतामा महरा चयन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लुम्बिनी प्रदेश : माओवादी संसदीय दलको नेतामा महरा चयन


१८ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् ।

सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलको नेतामा महरासँगै इन्द्रजित थारु र वसन्त घर्ती पनि आकाङ्क्षी थिए । तर माओवादीको लुम्बिनी प्रदेश कमिटीले महराको नाम प्रस्ताव गरेर सर्वसम्मत नेता चयन गर्न निर्देशन दिएको हो ।

संसदीय दलको उपनेता र सचेतक पछि चयन गर्ने प्रदेश अध्यक्ष बरालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस