सरकारमा जान एकता दिवसमा सार्वजनिक बिदा दिनुपर्ने राप्रपाको मुख्य सर्त, रास्वपाको पनि समर्थन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारमा जान एकता दिवसमा सार्वजनिक बिदा दिनुपर्ने राप्रपाको मुख्य सर्त, रास्वपाको पनि समर्थन


१८ पुस २०७९, सोमबार


काठमाडौँ । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पक्षमा उभिने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्वका साथ उठाइरहेको एजेन्डामा रास्वपाले समर्थन गरेको हो ।

रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदानको सम्मान र जनभावनाको कदर गर्दै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने पक्षमा पार्टी रहेको बताए ।

‘हामी पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाएर सार्वजनिक बिदा दिनु राम्रो हुन्छ भन्नेमा छौँ,’ उनले भने ।

सत्तारुढ दलहरूको बैठकमा आफूहरूले यही कोणबाट कुरा राखेको डा. ढकालले जानकारी दिए । तर, यही विषयमा ‘रिजिड’ भएर अडान चाहिँ नलिने उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिनुपर्ने कुरालाई पार्टी सरकारमा जान मुख्य सर्तका रूपमा अघि सारेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन यो विषयमा सहमति नभए सरकारमा जान थप कुरै अघि नबढ्ने बताए । तर, प्रधानमन्त्री प्रचण्डले भने अहिलेसम्म मौनता साँधिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस