ब्राजिलका वाम नेता लुलाले लिए राष्ट्रपति पदको शपथ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ब्राजिलका वाम नेता लुलाले लिए राष्ट्रपति पदको शपथ


१८ पुस २०७९, सोमबार


काठमाडौँ । ब्राजिलका वामपन्थी नेता लुला डि सिल्भाले राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन् । तेस्रो पटक ब्राजिलको राष्ट्रपति बनेका उनी दिग्गज वामपन्थी नेताको रुपमा चिनिन्छन् ।

यसअघि उनी सन् २००३ देखि २०१० को बीचमा पनि राष्ट्रपति बनेका थिए । लुला भ्रष्टाचारको आरोपमा जेलसमेत परेका थिए । सन् २०२१ मा उनको सजाय खारेज गरिएको थियो ।

गत वर्षको अक्टुबर महिनाको निर्वाचनमा बहालवाला राष्ट्रपति जायर बोलसोनारोलाई हराएर लुला पुनः सत्तामा फर्किएका थिए । राष्ट्रपति लुलाले देशको पुनर्निर्माणमा ध्यान दिने भन्दै शपथ ग्रहण गरेको बीबीसीले जनाएको छ । सत्ता हस्तान्तरण समारोहमा भने बोल्सोनारो सहभागी भएनन् । उनी गत शुक्रबारै अमेरिका गएका थिए ।

लामो समयसम्म सत्ता बाहिर रहेका लुला शपथ ग्रहण समारोहमा भावुक देखिएका थिए । उनले देशको अवस्था खराब हुनुमा अघिल्लो सरकारको गलत नीति जिम्मेवार भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस