लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै


१८ पुस २०७९, सोमबार


बुटवल । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा (आज) सोमबार बस्दैछ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गरिएको हो ।

प्रदेश सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे सुरु हुने अधिवेशनमा सोमबार दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूची रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस