ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ बाट « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ बाट


१८ पुस २०७९, सोमबार


काठमाडौँ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू(बिओके)ले पुस २५ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै कारोबार मिति तय भएको हो । यसअघि बैंकहरूले मर्जर सम्झौता गर्दा ग्लोबल आइएमई बिओके नाम राखेका थिए । तर, अब एकीकृत कारोबार ग्लोबल आइएमई बैंककै नामबाट हुने भएको छ ।

गत असार २ गते दुई बैंकबिच मर्जर प्रयोजनको प्रारम्भिक सहमति भएको थियो । कात्तिक २८ गते सेयर स्वाप अनुपात १ः१ कायम गर्ने गरी अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । गत मंसिर २३ गते भएको दुवै बैंकका साधारण सभाले मर्जरलाई अनुमोदन गरिसकेको छ ।

मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ कायम भएको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्बभन्दा बढी पुगेको छ ।

मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठुलो बैंक भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस