इङ्लिस प्रिमियर लिग : बराबरीमा रोकियो चेल्सी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इङ्लिस प्रिमियर लिग : बराबरीमा रोकियो चेल्सी


१८ पुस २०७९, सोमबार


लन्डन । पहिलो हाफमा लिएको १-० को अग्रता जोगाउन नसक्दा चेल्सी इङ्लिस प्रिमियर लिगमा आइतबार राति नोटिङ्घम फरेस्टसँग १-१ गोलको बराबरीमा अल्झिएको छ। फरेस्टको मैदानमा भएको खेलको १६औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै भ्रमणकारी चेल्सीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा आक्रामक बनेको फरेस्टका लागि ६३ औं मिनेटमा सर्ज औरिएरले गोल गर्दै बराबरीमा ल्याएका थिए। बाँकी समयमा दुवै टिमले गोलका अवसर सिर्जना गरेपनि अपेक्षित फिनिसिङ हुन नसक्दा खेल बराबरीमा सकियो। बराबरीसँगै १६ खेलमा २५ अंक जोडेको चेल्सी लिग तालिकाको आठौं स्थानमा छ।

समान खेलबाट १४ अंक जोडेको फरेस्ट १८औं स्थानमा छ। आइतबार राति नै भएको खेलमा एस्टन भिल्लाले टोटनहमलाई २-० को नतिजामा पराजित गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस