दूधको मूल्यवृद्धि फिर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दूधको मूल्यवृद्धि फिर्ता


१८ पुस २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ ।

कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरूको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो ।

दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रय शक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने बोर्डले जनाएको छ ।

केही डेरी र दूध उद्योगहरूले यही पुस १६ गतेदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेसँगै त्यसको चौतर्फी विरोध भएको थियो ।

डेरी उद्योग संघको सक्रियतामा बढेको दूधको मूल्यमा नेपाल डेरी एसोसिएसन, दुग्ध विकास संस्थान, उपभोक्ता अधिकारकर्मीदेखि किसानसम्बद्ध केन्द्रीय दुग्ध सहकारी संघसम्मले आपत्ति जनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस