नेकपा एसको पोलिटब्यूरो बैठक आज बस्दै, सरकारमा सहभागिताको विषय टुंग्याउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा एसको पोलिटब्यूरो बैठक आज बस्दै, सरकारमा सहभागिताको विषय टुंग्याउने


१८ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज सोमबार बस्दैछ।

बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि आगामी रणनीति बनाउन नसकेपछि पोलिटब्यूरो बैठक बस्न लागेको खतिवडाले बताए।

अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे पोलिटब्यूरो बैठकमा छलफल गर्ने उनले जानकारी दिए। ‘अहिले नै कुनै पार्टीसँग एकतामा जाने कुरा छलफलमा आइसकेको छैन’, उनले भने, ‘सरकारमा जाने वा नजाने भन्ने विषय पनि पोलिटब्यूरो बैठकले टुंगो लगाउनेछ।’

Tags :
प्रतिक्रिया दिनुहोस