अब हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस अनलाइनबाटै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अब हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस अनलाइनबाटै


१७ पुस २०७९, आइतबार


काठमाडौँ । हराएका ब्लुबुक, लाइसेन्स र सवारी इजाजत पत्र हराएमा अब अनलाइन मध्यमबाट ‘प्रतिलिपि सिफारिस’ प्रदान गरिने भएको छ । 

अनलाइनबाट आवेदन लिएर सिफारिस दिने प्रक्रियालाई अनिवार्य गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।

आवेदन दिएको ७२ घण्टापछि अनलाइन माध्यमबाटै सिफारिस पाउने व्यवस्था गरिएको छ । 

हराएको लाइसेन्स, ब्लुबुक र सवारी इजाजत पत्र नयाँ लिन ट्राफिक प्रहरीको सिफारिस अनिवार्य हुन्छ । सो सिफारिस लिनका लागी ट्राफिक प्रहरीको वेभसाइटमा गएर आवेदन दिनुपर्ने एसएसपी भट्टले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस