२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खिचडी जस्तो सरकारमा प्रतिगमनकारी पनि छन् : झलनाथ खनाल 

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (एकीकृत समाजवादी)अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताए । उनले अहिलेको सरकार वामपन्थीहरूको नेतृत्व भए पनि खुट्टा अर्कैले टेकेको बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरु सामेल रहेको बताए । 

उनले भने, ‘वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौँ । यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडी जस्तो छ । वामपन्थीहरूको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरू छन् । प्रतिगमनकारी, पुनःउत्थानवादी, केके हुन् त्यस्ता छन् । उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन । झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन । उनीहरूले कार्यक्रम नल्याइकन पर्ख र हेरको अवस्थामा हुनेछौँ ।’ 

सम्मानित नेता खनालले आफ्नो पार्टी सधैँ वामपन्थी एकताको पक्षमा रहेको बताए  ।