खिचडी जस्तो सरकारमा प्रतिगमनकारी पनि छन् : झलनाथ खनाल  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खिचडी जस्तो सरकारमा प्रतिगमनकारी पनि छन् : झलनाथ खनाल 


१७ पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (एकीकृत समाजवादी)अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै सरकारमा जाने वा नजाने भन्नेबारेमा आफ्नो धारणा राख्ने पक्षमा रहेको बताए । उनले अहिलेको सरकार वामपन्थीहरूको नेतृत्व भए पनि खुट्टा अर्कैले टेकेको बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरु सामेल रहेको बताए । 

उनले भने, ‘वर्तमान परिस्थितिको बारेमा गहन छलफल गरेका छौँ । यो नयाँ गठबन्धन आएको छ, यो यसो हेर्दा खिचडी जस्तो छ । वामपन्थीहरूको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरू छन् । प्रतिगमनकारी, पुनःउत्थानवादी, केके हुन् त्यस्ता छन् । उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन । झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन । उनीहरूले कार्यक्रम नल्याइकन पर्ख र हेरको अवस्थामा हुनेछौँ ।’ 

सम्मानित नेता खनालले आफ्नो पार्टी सधैँ वामपन्थी एकताको पक्षमा रहेको बताए  । 

Tags :
प्रतिक्रिया दिनुहोस