एक वर्षमा ६ लाख १४ हजार १४८ पर्यटक भित्रिए  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एक वर्षमा ६ लाख १४ हजार १४८ पर्यटक भित्रिए 


१७ पुस २०७९, आइतबार


काठमाडौँ । एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल आएका छन् । नेपालमा कोभिड-१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१.२९ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा  एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिए ।  जुन सन् २०२१ को तुलनामा ३०९.७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६.९२ प्रतिशत धेरै हो ।

सन् २०२२ मा सबैभन्दा भारतीय पर्यटक आएका छन् । बोर्डका अनुसार २ लाख ९ हजार १०५ जना भारतीय नेपाल आएका छन् । दोस्रोमा अमेरिकी छन् । ७७ हजार ९ जना अमेरिकी नेपाल आएका छन् । तेस्रोमा बेलायती छन् । बेलायतबाट ४४ हजार ७८१ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । अस्ट्रेलियाबाट २६ हजार ८७४ जना आए का छन् ।  बङ्गलादेशबाट २५ हजार ३८४ जना पर्यटक आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस