तीन किसानलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार   « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तीन किसानलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार  


१७ पुस २०७९, आइतबार


काठमाडौँ । कृषि ज्ञान केन्द्र, चितवनले तीन किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ। 

च्याउ उत्पादन गर्ने किसान विष्णुबहादुर विश्वकर्मा, केरा खेती गर्ने किसान विष्णुहरि पन्त र माछापालन गर्ने किसान सरोज शाहलाई जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो। 

उनीहरूलाई नगद १०-१० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिव शरणकुमार पाण्डे, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख युवराज पाण्डेले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस