लुम्बिनी प्रदेश : एमाले संसदीय दलको नेतामा गिरि चयन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेश : एमाले संसदीय दलको नेतामा गिरि चयन


१७ पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा (एमाले)बाट लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा लीला गिरि सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनी प्रदेशसभा सहइन्चार्जसमेत रहेका गिरि आइतबार दलको नेतामा सर्वसम्मत चयन भएको एमालेका नेता डा.बालकृष्ण चापागाईँले जानकारी दिए । 

गिरि पोलिटब्युरो सदस्यसमेत हुन् । उनी यसअघि शङ्कर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री थिए । उनी रुपन्देही-२ (१) बाट निर्वाचित भएका हुन् ।

एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरि मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमालेको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस