भारतीय गाडीमा आएको समूहले खुँडा प्रहार गर्दा नेपालगञ्जमा तीनजना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतीय गाडीमा आएको समूहले खुँडा प्रहार गर्दा नेपालगञ्जमा तीनजना घाइते


१७ पुस २०७९, आइतबार


काठमाडौँ । भारतीय नम्बर प्लेटको गाडीमा आएको एक समूहले धारिलो हतियार प्रहार गर्दा नेपालगन्जमा तीन युवा घाइते भएका छन्। अज्ञात समूहले प्रहार गरेको खुँडा र खुकुरी प्रहारबाट नेपालगन्ज उपमहानगरपालिकाका तीनजना घाइते भएका प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा नेपालगञ्ज वडा नं १२ का उज्ज्वल शाह, वडा न. ४ का सुगम शाह र वडा नं ४ कै अनुराग शाह रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

नेपालगञ्ज वडा नं ४ गणेशपुरस्थित आफन्तको घरमा गएका बेला अज्ञात समूहले दिउँसो सवा २ बजेतिर आक्रमण गरेको प्रहरीको भनाई छ । घाइते तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

आक्रमण गर्ने समूहको खोजी भइरहेको र आक्रमण गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले बताए। भारतीय नम्बर प्लेटको गाडीमा ६ जनाको समूहमा आएका आक्रमणकारीहरू गाडी छाडेर भागेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस