ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति


१७ पुस २०७९, आइतबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । १४ पुस बिहिबार बसेको राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डूले साधारणसभाबाट पारित गरेको नामबाट भने एकीकृत कारोबार गर्न नपाउने भएका छन् । दुवै बैङ्कको साधारणसभाले मर्जरपछि बन्ने बैङ्कको नाम ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ रहने प्रस्ताव पारित गरेका थिए । तर, राष्ट्र बैङ्कले उक्त नाममा बैङ्क शब्द नभएको भन्दै नयाँ नाममा ल्याउन भनेपछि दुवै बैङ्कको संयुक्त मर्जर कमिटीले ग्लोबल आईएमई बैङ्कको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव गरेपछि राष्ट्र बैङ्कले मर्जरको अन्तिम स्वीकृति दिएको राष्ट्र बैङ्क स्रोतले जनाएको छ ।

ग्लोबल आईएमई र बैङ्क अफ काठमाण्डू १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा गएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस