सरकारमा सहभागी हुन प्रस्ताव नै आएको छैन : एकीकृत समाजवादी  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारमा सहभागी हुन प्रस्ताव नै आएको छैन : एकीकृत समाजवादी 


१७ पुस २०७९, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक शनिबारदेखि केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको छ ।

बैठकमा बोल्ने केही नेताले सरकारमा सहभागी भइहाल्नुपर्ने मत राखेका छन् । केहीले पार्टीलाई सुदृढीकरण गरेर जानुपर्ने धारणा व्यक्त गरेका छन् ।

स्थायी कमिटी सदस्य बलराम बास्कोटाका अनुसार बैठकमा तत्कालीन पाँचदलीय गठबन्धनको समीक्षा हुँदै छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका कारण गठबन्धन टुटेको भन्ने विषयमा एकमत रहेको उनले बताए ।

वर्तमान सत्ता गठबन्धनका तर्फबाट सरकारमा सहभागी हुन प्रस्ताव नै नआएको समेत उनले बताए । एकीकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने उनको भनाइ छ ।

“पहिलेको गठबन्धनबारे समीक्षा भइरहेको छ । देउवाका कारण गठबन्धन टुटेकोमा एकमतजस्तै छ,” उनले भने, “सरकारमा आउनका लागि गठबन्धनको तर्फबाट प्रस्ताव नै आएको छैन । सरकारमा जाने कुरा नै हुँदैन । सरकारमा जाने आवाजको अर्थ छैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस