‘नेपालमा बीएफ ७ को शङ्कास्पद नमुना भेटिएको छैन’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘नेपालमा बीएफ ७ को शङ्कास्पद नमुना भेटिएको छैन’


१७ पुस २०७९, आइतबार


काठमाडौँ । नेपालमा हालसम्म ओमिक्रोनको सब भेरियन्ट बीएफ ७ को शङ्कास्पद नमुना नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले जनाएको छ ।

एनपीएचएलले जिन सिक्वेन्सिङका लागि देशभरिका प्रयोगशालाबाट सङ्कलन गरेको पछिल्ला नमुनामा बीएफ ७ को शङ्का नदेखिएको जनाएको हो । एनपीएचएलले सिटी भ्यालु २५ भन्दा कम देखिएका नमुनाको जिन सिक्वेन्सिङ गरी भेरियन्ट तथा सब भेरियन्ट पहिचान गर्दै आएको छ ।

तर, हालसम्म यस्तो नमुना नआएकाले अहिले सिक्वेन्सिङ नगरिएको प्रयोगशालाका सूचना अधिकारी लोकबन्धु चौधरीले बताएका छन् । 

प्रयोगशालाले यसअघि ४८ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोनका विभिन्न सब भेरियन्टहरू भेटिएको जनाएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने विदेशी तथा स्वदेशी नागरिकमा स्क्रिनिङका क्रममा कोभिड-१९ का कुनै पनि लक्षण देखिए त्यहीँ एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरेको छ ।

पछिल्लो समय छिमेकी मुलुक चीन, भारतलगायत देशमा बीएफ ७ को संक्रमण फैलँदो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस