प्रदेश १ : प्रदेश प्रमुखद्वारा सरकार गठनको आव्हान « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रदेश १ : प्रदेश प्रमुखद्वारा सरकार गठनको आव्हान


१७ पुस २०७९, आइतबार


काठमाडौँ। प्रदेश १ प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकार गठनको आव्हान गरेका छन् । 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख खापुङले आव्हान गरेका हुन् । 

‘प्रदेश नं. १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आव्हान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Tags :
प्रतिक्रिया दिनुहोस