आज लुम्बिनी प्रदेश सभा सदस्यको शपथ ग्रहण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज लुम्बिनी प्रदेश सभा सदस्यको शपथ ग्रहण


१७ पुस २०७९, आइतबार


दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।

प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन् ।

प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरूलाई शपथ खुवाउने व्यवस्था छ । तर लुम्बिनीमा प्रदेश प्रमुखले नै सदस्यहरूलाई शपथ खुवाउने गरेका छन् ।

पहिलो पटक स्थायी राजधानीमा गर्न लागिएको कार्यक्रमको सबै तयारी पूरा भएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली काँग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३/३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस