गठबन्धन टुट्नुमा देउवा र प्रचण्ड जिम्मेवार : नेकपा एस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गठबन्धन टुट्नुमा देउवा र प्रचण्ड जिम्मेवार : नेकपा एस


१७ पुस २०७९, आइतबार


काठमाडौँ। नेकपा एकीकृत समाजवादीले नेपाली काँग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको निष्कर्ष निकालेको छ ।

शनिबार पार्टी कार्यालयमा बसिरहेको स्थायी कमिटी बैठकमा गठबन्धन टुट्नुको कारणबारे छलफल भएको छ ।

एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका नेता जगन्नाथ खतिवडाले सभापति देउवा र प्रचण्डका कारण गठबन्धन टुटेको बताए ।

पार्टी बैठकको बीचमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भनेर बोलेको कुरा पूरा नगरेका कारण गठबन्धन टुटेको बताउँदै त्यसबारेमा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई पनि थाहा भएको बताए ।

बैठकमा अध्यक्ष नेपालले देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन सहमत भएको तर, वचन पूरा नगरेपछि गठबन्धन टुटेको बताउँदै उनले गठबन्धन टुट्नुका मुख्य साझेदार रहेका देउवा र प्रचण्ड जिम्मेवार रहेको उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस