सशस्त्र प्रहरी बलले कूटनीतिक र राजनीतिक भेटघाटका लागि अनुमति लिनुपर्ने   « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सशस्त्र प्रहरी बलले कूटनीतिक र राजनीतिक भेटघाटका लागि अनुमति लिनुपर्ने  


१६ पुस २०७९, शनिबार


काठमाडौँ । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीहरूलाई कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटमा कडाइ गरेको छ ।

बलद्वारा शनिबार जारी सूचना अनुसार सशस्त्र प्रहरी कर्मचारीका लागि कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचारण सम्बन्धी स्थायी आदेश २०७९ जारी गरिएको हो । 

उक्त आदेश अनुसार सशस्त्र प्रहरी कर्मचारीहरूले सरकारी प्रयोजनको लागि भेटघाट गर्नुपर्ने भए सङ्गठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवाना पत्र वा तोक आदेश पत्र लिएर जानुपर्नेछ ।

कूटनीतिक भेटघाट गर्नुपरेमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको कूटनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएअनुसारका प्रक्रिया पूरा गर्नुपर्नेछ । सशस्त्र प्रहरी बलभित्रको साङ्गठनिक, व्यक्तिगत भेटघाट र सञ्चारमाध्यमसँग सम्पर्क एवं अन्तर्वार्ताको लागि पनि स्वीकृति लिनुपर्नेछ ।

स्वीकृति लिई गरिएको भेटघाट तथा सम्पर्कको संक्षिप्त विवरण सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा जानकारी गराउनुपर्नेछ । सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीबाहेकले सञ्चारमाध्यममा सूचना सम्प्रेषण वा अन्तर्वार्ता दिनुपरे प्रवक्ता मार्फत महानिरीक्षकको स्वीकृति लिनुपर्ने आदेशमा उल्लेख छ ।

आचरणसम्बन्धी स्थायी आदेश कडाइका साथ पालना गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मातहत इकाईहरूलाई निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस