तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


१६ पुस २०७९, शनिबार


तनहुँ । तनहुँको बदीपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

शनिबार अपराह्न पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.नं. ३-०१-००६ ख ०९२४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग१३प३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शेख महमद रखिम मियाको मृत्यु भएको हो ।

बसले ठक्कर दिए लगत्तै दमौली अस्पताल पुर्‍याइएको मियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मिया तनहुँको भानु नगरपालिका १३ समजपुर बस्थे ।

बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका ४ का ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस