एक वर्षमा १० लाख पर्यटक भित्र्याउन सकिन्छ : सचिव अधिकारी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एक वर्षमा १० लाख पर्यटक भित्र्याउन सकिन्छ : सचिव अधिकारी


१६ पुस २०७९, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने बताएका छन् ।

सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको उनको भनाइ छ ।

पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले नेपालमा पर्यटकलाई भित्र्याउने कार्यमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको स्पष्ट पारे ।

सचिव अधिकारीले कोभिड-१९ का कारण पर्यटन क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा हुँदै आएको योगदान ह्वात्तै घटेको भए पनि अहिले सन्तोषजनक ढङ्गले सुधार भइरहेको उल्लेख गरे ।

‘कोभिडका कारण नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको कन्ट्रिब्युसन ह्वात्तै घटेको छ । विगत ५र६ महिनायता भने पर्यटन क्षेत्रमा सुधार आएको छ । यसको अवस्था सन्तोषजनक छ,’ उनले भने, ‘यसरी नै पर्यटन क्षेत्रको विकास हुँदै जाने हो भने आगामी सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सकिन्छ । त्यस काममा निजी क्षेत्रले खेल्दै आएको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

सचिव अधिकारीले नेपालले भारत, चीन, सिंगापुर, भियतनामलगायत एसियाली मुलुकहरूमा पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस