२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाकी महिला समाचार प्रस्तोता बारबरा वाल्टर्सको निधन

अ+ अ-

अमेरिका । अमेरिकाकी चर्चित टिभी प्रस्तोता बारबरा वाल्टर्सको ९३ वर्षको उमेरमा निधन भएको छ । आधा दशक टेलिभिजनमा बिताएकी बारबरा सन् १९७६ मा एबीसी न्यूजमा आबद्ध भएसँगै अमेरिकाको पहिलो महिला समाचार प्रस्तोता बनेकी थिइन् ।

सन् १९२९ मा बोस्टनमा जन्मिएकी बारबराले १२ वटा एमी अवार्डसमेत जितेकी थिइन् । उनले रिचार्ड निक्सनदेखि डोनाल्ड ट्रम्पसम्म सबै अमेरिकी राष्ट्रपतिको अन्तरवार्ता लिएकी थिइन् । उनले सन् १९६१ मा पत्रकारिताको करियर सुरुवात गरेकी थिइन् ।

एनबीसीमा उनले महिला सम्बन्धी कार्यक्रम चलाउँथिन् । पुरुषहरूको वर्चश्व रहेको उद्योगमा उनले प्रगति गर्दै सन् १९७४ मा अमेरिकी समाचार कार्यक्रम एनबीसीको ‘टुडे शो’ मा अमेरिकाकी पहिलो महिला सह–प्रस्तोता बनिन् ।

एबीसीमा पहिलो महिला समाचार प्रस्तोता बनेसँगै उनको १० लाख डलरको तलबले उनलाई मिडियाको सुपरस्टार बनाएको थियो । ५२ वर्ष मिडियामा बिताएपछि उनले सन् २०१४ मा सन्यास लिएकी थिइन् । उनको अन्तिम कार्यक्रममा हिलारी क्लिन्टन र ओपरा विन्फ्री सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस