जसपाको नेपालको कार्यकारिणी समितिको बैठक सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जसपाको नेपालको कार्यकारिणी समितिको बैठक सुरु


१६ पुस २०७९, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुने पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले बताए ।

जसपाले पार्टीको संसदीय दलको नेता चयन गरिसकको छ भने मधेस प्रदेशमा चयन गर्न बाँकी छ । संघीय सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । सहभागी हुने नहुने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस