सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल चयन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल चयन


१६ पुस २०७९, शनिबार


धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।

शनिबार बिहान बसेको बैठकले रावललाई दलको नेता चयन गरेको हो।

रावल कञ्चनपुरबाट समानुपातिक प्रदेश सभा सदस्य हुन्। उनी पार्टीको पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुन्।

यस्तै दलको उपनेतामा सन्तोषीकुमारी थापा शर्मा चयन भएकी छिन्। सुदूरपश्चिममा एमालेका १० सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस