प्रधानमन्त्री प्रचण्ड चितवन जाँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री प्रचण्ड चितवन जाँदै


१६ पुस २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन जान लागेका हुन् ।

प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा जान लागेको प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् ।

बिहान ८.२० बजे उनी आउने भनिए पनि मौसम नखुलेको र हुस्सु लागेको कारणले केही ढिला हुने चितवन प्रहरी प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीले विहान ११ बजे हिरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ ।उनी सो अवसरमा स्वर्ण र हीरक स्तम्भ अनावरण, भवन सिलान्यास, हीरकद्वार उदघाटन, हीरक स्मारिका विमोचन लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस