रोनाल्डो २०२५ सम्म अल नासरमा अनुबन्धित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोनाल्डो २०२५ सम्म अल नासरमा अनुबन्धित


१६ पुस २०७९, शनिबार


काठमाडौँ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नासरमा अनुबन्धित भएका छन् । सन् २०२५ सम्मका लागि रोनाल्डो अल नासरमा रहने सम्झौता भएको हो ।

स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्ध भएको जनाएको छ । यस्तै साउदी अरेबियाको अलअरबिया डट नेटले समेत रोनाल्डो अल नासर अनुबन्धित भएको जनाएको छ ।

रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेको अलअरबियाले जनाएको छ । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताईएको छ ।

नासरले रोनाल्डोलाई वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो । ३७ वर्षीय रोनाल्डोले म्यानचेस्टर युनाईटेड छाडेपछि क्लब विहीन रहेका थिए ।

रोनाल्डो गत वर्ष युनाईटेड फर्किएका थिए । तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि उनले क्लब छाडेका हुन् ।

पाँच पटकको बालेन डीुओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए ।यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।

त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए।

रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए । युभेन्ट्सबाट उनी पुन: ओल्ड ट्राफोर्ड आएका थिए । तर, यस पटक उनको बसाई सुखद रहेन ।

रोनाल्डोले दोस्रो बसाइमा युनाईटेडका लागि ४० प्रिमियर लिगमा १९ गोल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस