गोङ्गबुबाट ९ जना जुवाडे पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोङ्गबुबाट ९ जना जुवाडे पक्राउ


१५ पुस २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको गोङ्गबुबाट प्रहरीले ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । 

काठमाडौँ महानगरपालिका-२६ मित्रनगरमा चितवन घर भएका ६६ वर्षीय होमनाथ ढकालले आफ्नो डेरामा जुवा खेलाएका हुन् । जुवा खालबाट पक्राउ पर्नेमा होमनाथ ढकाल, मेघप्रसाद गुरुङ, बिना लामा,  सूर्यबहादुर गुरुङ, राजु गुरुङ, चेमसङ गुरुङ, अमृत कार्की, रामचन्द्र राई र अन्जन मग्राति छन् ।

जुवा खालमा प्रहरी वृत्त महाराजगन्जको टोलीले छापा मारेर १ लाख ६९ हजार बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । प्रहरीले ६ गुड्डी तास पनि बरामद गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस