कालीगण्डकी गाउँपालिकाले ल्यायो आफ्नै छाप, झण्डा र गान प्रयोगमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कालीगण्डकी गाउँपालिकाले ल्यायो आफ्नै छाप, झण्डा र गान प्रयोगमा


१५ पुस २०७९, शुक्रबार


काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्नै छाप, झण्डा र गान प्रयोगमा ल्याएको छ । 

यसअघि नै राष्ट्रिय गानसँगै आफ्नो गाउँपालिका गान प्रयोग गर्दै आएको उक्त गाउँपालिकाले अब भने गाउँपालिकाको विशिष्ट पहिचान झल्किने छाप र झण्डा समेत प्रयोग गर्ने भएको हो ।  

कार्यपालिकाको गत असोज २७ को निर्णय बमोजिम गाउँपालिका छाप र झण्डा समेतको डिजाइनका लागि खुल्ला प्रतिस्पर्धाको लागि सूचना प्रकाशित गरिएको थियो । सोही बमोजिम प्राप्त हुन आएका डिजाइनहरूमध्येबाट गाउँपालिकाको मौलिक विशिष्टता झल्काउने डिजाइनयुक्त छाप र झण्डालाई कार्यपालिकाको पौष १२ को निर्णयबाट छनौट गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताए ।  

छाप, झण्डा र गानको मर्यादित प्रयोगका लागि कार्यविधि समेत तय गरिएको उनले बताए ।

छनौट भएको गाउँपालिका छाप र झण्डा दुवैको डिजाइन गाउँपालिकाभित्रकै प्रतिस्पर्धीबाट प्राप्त हुन आएका हुन । छापको डिजाइनकर्ता वडा नम्बर ५ कि रितिजा श्रेष्ठ हुन भने वडा नम्बर ७ का मदन भट्टराइले झण्डाको डिजाइन गरेका हुन् । दुवै डिजाइनकर्ताले जनही नगद रु ५० हजार र प्रमाणपत्र समेत प्राप्त गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस